सुनको मूल्य चार सय रुपैयाँले बढ्यो

  माघ २४, २०७६

काठमाडौं, २४ माघ : दुई दिन स्थिर रहेको सुनको मूल्य साताको अन्तिम दिन सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला ४०० ले बढेको छ ।

महासङ्घले छापावाला सुनको मूल्य प्रतितोला ७५ हजार ६०० र तेजाबी सुनको मूल्य प्रतितोला ७५ हजार ३०० तोकेको छ । बुधबार र बिहीबार छापावाला सुन प्रतितोला ७५ हजार २०० र तेजाबी सुन प्रतितोला ७४ हजार ९०० मा खरिद बिक्री भएको थियो ।

यस्तै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । चाँदी प्रतितोला १० ले बढेर ८८५ पुगेको छ ।

तपाईको प्रतिक्रिया