‘मेरो डान्स कप’को चौथो र ‘मेरो भ्वाइस कप’को दोश्रो सिजनको घोषणा गरिएकोछ । अमेरिकाको ओहोयास्थित एक्रोनमा जनवरी ४ मा यी दुई कार्यक्रमको सुरुवात हुनेछ । ‘मेरो डान्स कप’मा नायिका केकी अधिकारी र ‘मेरो भ्वाइस कप’मा गायक प्रमोद खरेल निर्णायकको रुपमा रहनेछन् ।
नृत्य र गायनमा रुची भएका प्रतिभाले यो शोमा भाग लिन सक्नेछन् । अमेरिकाको विभिन्न राज्यमा यो शोको अडिसन हुनेछ । अडिसनबाट छानिएका २० जना प्रतिभाले यो शोमा भाग लिन पाउनेछन् । दुबै शोको विजेताले कार र १० तोला सुन पुरस्कार प्राप्त गर्नेछन् ।
यस्तै, दोश्रो हुने विजेताले गोल्डेन कपसँगै आकर्षक पुरस्कार पाउनेछन् भने तेश्रो हुनेले सिल्भर कप र पुरस्कार पाउने आयोजक सदस्यमध्येकी एक नायिका रीमा विश्वकर्माले जानकारी दिइन् । ‘इन्टरनेशनल होम केयर’का संचालक डिल्ली अधिकारीको आयोजनामा यो शो हुन लागेको हो ।
दुबै रियालिटी शोको फाइनल भने अगष्टमा हुनेछ । यो शोको उद्घाटनमा सन्दिप क्षेत्री, बाबु बोगटी, दिलिप रायमाझी, सुशिल क्षेत्री, सारंगा श्रेष्ठ, मेलिना मानन्धर, अरुणिमा लम्साल, शिव परियार, अन्जु पन्त लगायतका कलाकर्मीको उपस्थिती रहनेछ । Source : Onlinekhabar