काठमाडौं, ३० मंसिर : गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाले पूर्णता पाएको छ ।
अध्यक्ष सुनीलकुमार साहले परिषद्को विधानअनुसार नियुक्त गर्न बाँकी ४ सदस्य नियुक्त गरेपछि एनआरएनए एनसीसी अमेरिकाले पूर्णता पाएको हो ।
मनोनित हुन ४ सदस्यहरुमा उत्तर-पूर्व क्षेत्रका संजीव श्रेष्ठ, दक्षिण क्षेत्रबाट विकास उप्रेती, मध्य-पश्चिम क्षेत्रबाट गोविन्द श्रेष्ठ र पश्चिम क्षेत्रबाट रोशन अधिकारी रहेका छन् ।
अध्यक्ष साहले उनीहरुलाई अमेरिका क्षेत्रीय संयोजक र उपसंयोजकको सिफारिसअनुसार मनोनित गरेका हुन् ।