कलैया, ३० मंसिर : यस वर्ष बारामा आलु खेतीको क्षेत्रफल कमी भएका कारणले उत्पादनमा समेत कमी भएको छ । कृषि ज्ञानकेन्दका अनुसार यहाँका कृषक नगदेबालीका रूपमा माछापालन र उखु खेतीतर्फ अग्रसर भइरहेका कारण बिस्तारै खेतीमा कमी आइरहेको हो ।
ज्ञानकेन्द्रका प्रमुख जितेन्द्र यादवले गत वर्षको तुलनामा यस वर्ष पनि आलुको क्षेत्रफल र उत्पादनमा समेत कमी आएको बताए । आव २०७६÷७७ मा कृषकले कूल सात हजार ४७० हेकटर क्षेत्रफलमा सी ४० खुमलटार रातो जातको आलु खेती गरिएको छ ।
जिल्लाको हरिहरपुर, गोलागञ्ज, देवापुर, उचिडिह, पिपरपाती, बरियापुर, मटियर्वा लगायतका ठाउँ आलुका लागि पकेट क्षेत्र मानिए पनि जिल्लाका अधिकांश ठाउँमा पनि आलु खेतीको थालनी भइरहेको ज्ञानकेन्द्रका गेनालाल मण्डलले जानकारी दिए ।