स्थानीय चुनाव २०७९

सभापति देउवाद्वारा कांग्रेसका उम्मेदवारलाई विजयी गराउन अपिल

 बैशाख २७, २०७९

काठमाडौँ, वैशाख २७ : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सक्रियतापूर्वक सहभागी भएर ‘रूख’ चिह्नमा मतदान गरी कांग्रेसका उम्मेदवारलाई अत्यधिक मतले…

गाउँ फर्कंन थाले मतदाता

 बैशाख २७, २०७९

म्याग्दी, वैशाख २७ : स्थानीय तह चुनावको मिति नजिकिँदै जाँदा मतदाता आफ्नो नामावली भएको ठाउँ फर्कन थालेका छन् । पेशा, व्यापार, व्यवसाय, अध्ययन र रोजगारीको सिलसिलामा सहरबजार तथा छिमेकी देश…

महिलाका क्षेत्रमा देखिने गरी काम गर्छौँ : उपप्रमुख

 बैशाख २७, २०७९

टीकापुर, वैशाख २७ : कैलालीको टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा उपप्रमुख तथा उपाध्यक्ष पदका उम्मेदवार महिलाका क्षेत्रमा देखिने गरी काम गर्ने जनाएका छन् । ती पालिकामा सत्ता गठबन्धनबाट उपप्रमुख तथा…

रसुवाका मतदानस्थलमा त्रिपाल

 बैशाख २७, २०७९

रसुवा, वैशाख २७ : दैनिकरूपमा फाट्टफुट्ट परिरहेको वर्षालाई मध्येनजर राख्दै मतदानस्थलमा त्रिपालको व्यवस्था गरिएको छ । उत्तरगया गाउँपालिकामा कार्यरत निर्वाचन अधिकृत मुना अधिकारी ढकालका अनुसार उत्तरगयाका क्षेत्रको पाँचवटा वडाअन्तर्गत रहने…

मौन अवधिमा सामाजिक सञ्जाल नियन्त्रण गर्न चुनौती

 बैशाख २७, २०७९

काठमाडौँ, वैशाख २७ : आगामी शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा आज राति १२ बजेबाट मौन अवधि सुरु हुँदैछ । निर्वाचन अयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन…

महोत्तरीमा निर्वाचनको अन्तिम तयारी

 बैशाख २७, २०७९

महोत्तरी, वैशाख २७ : स्थानीय निर्वाचनमा मतदानको मिति नजिकिँदै गर्दा दलहरुको व्यस्तता र छटपटी झनै बढेको छ । मतदानको दिन तीन दिनमात्र बाँकी छँदा दलका नेता र उम्मेदवारले घरघरै मतदाता…

जिल्ला फर्कदै मतदाता

 बैशाख २७, २०७९

बागमती, वैशाख २७ : स्थानीय तहको निर्वाचन नजिकिएसँगै बागमती प्रदेशको राजधानी हेटौँडालगायत मकवानपुर जिल्ला बाहिर रहेका मतदाता मतदानका लागि आउन थालेका छन् । रोजगारी, व्यवसाय र कामको सिलसिलामा बाहिर रहेका…

स्थानीय तह निर्वाचन : खानेपानी ल्याइदिनेलाई भोट

 बैशाख २७, २०७९

रामपुर (पाल्पा), वैशाख २७ : रामपुर नगरपालिका–१० होस्दीका नुनबहादुर राना ८३ वर्ष पुग्नुभयो । तर अहिलेसम्म पनि खानेपानीकै समस्याका बाबजुद जीवन गुजारा चलाउन बाध्य हुनुहुन्छ । आफ्नो जीवनकालमा उहाँले धेरै…

मोरङमा निर्वाचनलक्षित एकीकृत सुरक्षा योजना लागू

 बैशाख २७, २०७९

विराटनगर, वैशाख २७ : यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई दृष्टिगत गरी मोरङ प्रशासनले निर्वाचन लक्षित ‘एकीकृत सुरक्षा योजना’ कार्यान्वयनमा ल्याएको छ । यो योजना निर्वाचन अघि र…

रोल्पाको गङ्गादेवमा झडप : तरुणदलका वडाध्यक्ष घाइते

 बैशाख २७, २०७९

रोल्पा, वैशाख २७ : रोल्पाको गङ्गादेव गाउँपालिका–५ मा नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसका कार्यकर्ताबीच गए राति झडप भएको छ । झडपमा परी कांग्रेसका दुई कार्यकर्ता घाइते भएका छन् ।…