समाचार
भारतसँग सीमा जोडिएका दुई नाका मात्र सञ्चालन हुने
विराटनगर, चैत ७ : प्रदेश १ को सरकारले संघीय सरकारलाई कोभिड–१९ प्रति उच्च सतर्कता अपनाउन भारतसँग सीमा जोडिएका विराटनगर र काकरभिट्टाबाहेक अन्य नाका बन्द गर्न आज सुझाव दिएको छ ।…
जर्मनीद्वारा १० लाख युरो अनुदान
काठमाडौं, चैत ७ : कोभिड–१९ विरुद्धको तयारी तथा आपत्कालीन प्रतिकार्यका लागि जर्मनीले १० लाख युरो अनुदानस्वरुप नेपाल सरकारलाई उपलब्ध गराउने भएको छ । जर्मनी सरकारको सहयोगमा नेपालमा सञ्चालित स्वास्थ्य क्षेत्र…
वृद्धाश्रममा मास्क र स्यानिटाइजर वितरण
काठमाडौं, चैत ७ : भरतमोहन अधिकारी स्मृति फाउण्डेशनले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोक्ने उद्देश्यले राजधानीका विभिन्न वृद्धाश्रममा आजदेखि मास्क तथा हात धुने सामग्रीको वितरण शुरु…
घुस लिएको र शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रको अभियोगमा मुद्दा दायर
काठमाडौं, चैत ७ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बेलबारी नगरपालिका–२ को कार्यालय बाहिर लेखापढी व्यवसायी तीर्थराज गिरीविरुद्ध रु छ लाख घुस लिएको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।…
त्रिविका शिक्षाध्यक्ष प्रा डा भुसालको कार्यभार शुरु
काठमाडौं, चैत ७ : त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्षमा नियुक्त प्रा.डा शिवलाल भुषालले आजदेखि कार्यभार शुरु गर्नुभएको छ । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय ऐन २०४९ को दफा…
जीपी कोइरालाको दशौँ स्मृति दिवसमा मास्क र स्यानेटाइजर वितरण
काठमाडौँ, चैत ७ : नेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १० औँ स्मृति दिवसका अवसरमा माक्स र स्यानेटाइजर वितरण गरिएको छ । नेपाल विद्यार्थी सङ्घ स्याङ्जा–काठमाडौँ सम्पर्क समितिले आज…
कर्मचारीलाई उपत्यका नछाड्न स्वास्थ्य मन्त्रालयको निर्देशन
काठमाडौं, चैत ७ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदाको दिनमा समेत कार्यालयमा उपस्थित हुन र उपत्यका नछाड्न कर्मचारीलाई निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयले काठमाडौंमा रहेका १८ वटा विभाग, अस्पताल…
सरकारले सुपथ मूल्य पसल खोल्ने
काठमाडौँ, चैत ७ : व्यापारीको कालोबजार नियन्त्रण गर्न सरकारले खाद्य पसलहरू सञ्चालन गर्नेभएको छ । कोरोना भाइरसको त्रास देखाएर खाद्य सामग्रीको भण्डारण गरी कृत्रिम अभाव सिर्जना गर्ने र महँगोमा बेच्ने…
ट्र्याक्टरको ठक्करबाट बालकको मृत्यु
महोत्तरी, चैत ७ : महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिका–८ कटैया गाउँमा गएराति ट्र्याक्टरले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नगरपालिका–८ बस्ने मसलाद्दीन अन्सारीका छोरा १४ वर्षीय मञ्जर…
पैसा नदिएको रिसमा बालकको हत्या
रुपन्देही, चैत ७ : पैसा नदिएको रिसमा बालकको हत्या रुपन्देहीको ओमसतीया गाउँपालिकामा एक बालकको हत्या भएको छ । ओमसतीया–५ धान्सीका १० वर्षीय बालक आकाश हरिजनको इँटाले टाउकोमा प्रहार गरी हत्या…
लोकप्रिय
बजारबाट यी दुई औषधि तुरुन्त फिर्ता गर्न विभागको निर्देशन
बैशाख ०८, २०८२
सन्दर्भ विश्व सम्पदा दिवसः नासिए मौलिक सम्पदा
बैशाख ०५, २०८२
गुराँससँग रमाउन रायराँयकोटमा पर्यटक
बैशाख ०५, २०८२
मेटालाई नेपालमा सूचीकृत गराउन पहल
बैशाख ०५, २०८२
बिस्केट जात्राको अन्तिम दिन हात नभएको लिङ्गो ढालियो
बैशाख ०५, २०८२