समाचार

कोभिड–१९ को तयारीका लागि जनशक्ति व्यवस्थापन गरिने

 चैत ०९, २०७६

काठमाडौँ, चैत ९ : सरकारले कोभिड–१९ को तयारीका लागि प्रदेशअन्तर्गत कार्यरत मेडिकल अधिकृत, वरिष्ठ चिकित्सक र अध्ययनरत विद्यार्थीलाई परिचालन गर्न प्रदेश सरकारलाई अनुरोध गरेको छ ।         स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रोगको…

‘जनता कफ्र्यु’ले काँकडभिट्टा नाका ठप्प

 चैत ०९, २०७६

भद्रपुर, चैत ९ : भारतले ‘जनता कफ्र्यु’ लगाएका कारण पूर्वको प्रमुख नाका काँकडभिट्टा ठप्प भएको छ । सीमा पूरै सुनसान बनेको छ भने यात्रु नभएर छोटो दूरीका यातायातसमेत ठप्प भएका…

काठमाडौँ उपत्यकामा खानेपानी नियमित

 चैत ०९, २०७६

काठमाडौँ, चैत ९ : काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले कर्मचारीलाई आवश्यक सेनेटाइजर, मास्कलगायत वस्तु उपलब्ध गराएर खानेपानी नियमितरुपमा उपलब्ध गराउने भएको छ । काठमाडौँ उपत्यकाको खानेपानीको व्यवस्थापन गर्दै आएको लिमिटेडले विश्वव्यापीरुपमा…

नुवाकोट र काभ्रेपलाञ्चोक निःशुल्क बस पठाइयो

 चैत ०९, २०७६

काठमाडौँ, चैत ९ : कोभिड–१९ को सङ्क्रमणलाई मध्यनजर गर्दै नुवाकोट र काभ्रेपलाञ्चोक जाने यात्रुका लागि निःशुल्क बस सेवा सञ्चालन गरिएको छ । गन्तव्य नेपाल गुप्रका अध्यक्ष शिव अधिकारीले ग्रेटफुल टुर्स…

थाइल्याण्डबाट फर्किएका व्यक्ति आजदेखि ‘सेल्फ क्वारेन्टाइन’मा

 चैत ०९, २०७६

भद्रपुर, चैत ९ : व्यक्तिगत कामले थाइल्याण्ड पुगेर फर्किएका झापाको भद्रपुरका एक व्यक्ति (पुरुष) आजदेखि घरमै स्वनिगरानी (क्वारेन्टाइन)मा बस्नुभएको छ । निगरानीमा बस्ने कार्यको जनस्वास्थ्य कार्यालयले प्रशंसा गर्दै उहाँलाई प्राविधिक…

जङ्गलमा भेटिएको वस्तु पगाल्न खोज्दा विष्फोट

 चैत ०९, २०७६

धनगढी, चैत ९ : जङ्गलमा भेटिएको वस्तुलाई घरमा ल्याएर पगाल्न खोज्दा आइतबार कैलालीमा एक जनाको ज्यान गएको छ । गोदावरी नगररपालिका–४ फूलबस्तीका ४० वर्षीय नरबहादुर बिकको ज्यान गएको हो ।…

मिनीट्रकले मोटरसाइकललाई ठक्कर दिँदा बाबुछोराको मृत्यु

 चैत ०९, २०७६

बनेपा, चैत ९ : काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा मिनीट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बनेपाबाट साँगातर्फ जाँदै गरेको बा५ख २३९०…

भारतद्वारा नेपालको उच्च सराहना

 चैत ०९, २०७६

काठमाडौँ, चैत ९ : कोभिड–१९ अर्थात् कोरोना भाइरससँग लड्न सार्क मुलुकको उपयोगका लागि प्रस्तावित सार्क आपत्कालीन कोषमा नेपालले गर्ने भनिएको आर्थिक योगदानको भारतले उच्च सराहना गरेको छ । नेपाल सरकारका तर्फबाट…

बेग्लाबेग्लै दुर्घटनामा सर्लाहीमा तीनको मृत्यु

 चैत ०८, २०७६

सर्लाही, चैत ८ : सर्लाहीमा आज भएको बेग्लाबेग्लै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुईको सवारी दुर्घटनामा र एकजनालाई करेन्ट लागेर मृत्यु भएको हो । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सर्लाहीको हरिवन…

नयाँ बसपार्कमा चालक, यात्रु र कर्मचारीलाई माक्स वितरण

 चैत ०८, २०७६

काठमाडौं, चैत ८ : कोभिड–१९ को जोखिमलाई ध्यानमा राखेर गोँगबुस्थित नयाँबसपार्कमा माक्स वितरण गरिएको छ । यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको संयुक्त आयोजनामा आज…