समाचार

दक्षिण कोरिया विमान दुर्घटनामा परी ज्यान गुमाउने मध्ये १७४ जनाको शव सनाखत

 पुष १६, २०८१

सियोल, १६ पुस, (रासस/सिन्ह्वा) : दक्षिण कोरियाको दक्षिणपश्चिमी विमानस्थलमा आइतबार भएको एक विमान दुर्घटनामा परी मृत्यु भएका १७९ मध्ये १७४ जनाको शव फेला परेको यातायात मन्त्रालयले मङ्गलबार जनाएको छ ।…

हवाई यात्रुको सङ्ख्या बढ्यो

 पुष १६, २०८१

काठमाडौँ, १६ पुस : मुलुकका तीन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई यात्रुको सङ्ख्यामा वृद्धि भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्याङ्कअनुसार सन् २०२४ मा अघिल्लो वर्षको तुलनामा आन्तरिकतर्फ…

तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक सकारात्मक

 पुष १६, २०८१

काठमाडौँ, १६ पुस : राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा आज ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक २०८१’ मा सरोकारवालासँगको छलफल भएको छ । आज भएको छलफलमा समितिका सदस्यहरूले तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक सकारात्मक…

मधेसमा छ सयभन्दा बढी सीमान्तकृत छात्रालाई छात्रवृत्ति

 पुष १६, २०८१

महेन्द्रनगर (धनुषा), १६ पुस : सीमान्तकृत तथा विपन्न समुदायका छात्राको उच्च शिक्षामा पहुँच बढाउन मधेस प्रदेश सरकारले प्रदेशका छ सयभन्दा बढी छात्रालाई छात्रवृत्ति दिने प्रक्रिया अघि बढाएको छ । दलित,…

ओलम्पिक, उथलपुथल र ट्रम्पको वर्षपछि विश्वले सन् २०२५ लाई स्वागत गर्दै

 पुष १६, २०८१

सिड्नी, १६ पुस : सन् २०२५ लाई अभिवादन गर्न भीडले मङ्गलबार आतसबाजीको आनन्द लिँदै र स्याम्पेन पिउँदै ओलम्पिक गौरव, डोनाल्ड ट्रम्पको नाटकीय पुनरागमन तथा मध्यपूर्व र युक्रेनमा उथलपुथल ल्याउने वर्षलाई बिदाइ…

भारतद्वारा ‘स्प्याडेक्स मिशन’ सुरु

 पुष १६, २०८१

नयाँ दिल्ली, १६ पुस, (रासस/सिन्ह्वा) : भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले आफ्नो ‘स्पेस डकिङ प्रयोग मिशन’ (स्प्याडेक्स) सफलतापूर्वक प्रक्षेपण गरेको छ । स्पेस डकिङ भनेको जब दुई स्पेसक्राफ्ट अन्तरिक्षमा…

सन् २०२४ मा प्रेस स्वतन्त्रता हननका घटनामा वृद्धि

 पुष १६, २०८१

काठमाडौँ, १६ पुस : सन् २०२४ प्रेस स्वतन्त्रता तथा पत्रकार सुरक्षाको सवालमा चुनौतीपूर्ण वर्ष रह्यो । समाचार लेखेको तथा सूचना मागेका कारण पत्रकारमाथि धम्की दिने, गिरफ्तार र हत्या गर्नेसम्मका घटनाका…

स्तन क्यान्सरको सफल वंशाणुगत परीक्षण

 पुष १६, २०८१

काठमाडौँ, १६ पुस : मुलुकमा पहिलोपटक स्तन क्यान्सरको वंशाणुगत परीक्षण ‘जिन सिक्वेन्सिङ’ सफल भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा यसको परीक्षण सफल भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज जनाएको हो…

कोभिडसम्बन्धी जानकारी ‘केही नलुकाई’ साझा गरेको चीनको दाबी

 पुष १६, २०८१

बेइजिङ, १६ पुस (रासस/एएफपी) : विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले रोगको उत्पत्तिको बारेमा बुझ्न थप तथ्याङ्क र पहुँचको आग्रह गरेपछि बेइजिङले मङ्गलबार कोभिड–१९ सम्बन्धी जानकारी ‘केही पनि नलुकाई’ साझा गरेकोमा…

एमालेलाई राष्ट्रिय शक्ति बनाउने अभियानमा लाग्न आग्रह

 पुष १६, २०८१

राँझा (बाँके), १६ पुस : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले एमालेलाई सबल राष्ट्रिय शक्ति बनाउने अभियानमा लाग्न पार्टी कार्यकर्तालाई आग्रह गर्नुभएको छ । नेकपा (एमाले) नेपालगञ्ज उपमहानगरपालिका कमिटीले…