खेलकुद

एनभीए भलिबल लिगलाई जनरल इन्स्योरेन्सको साथ

 बैशाख १४, २०७९

काठमाडौँ, वैशाख १३ : छैटौँ संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिगलाई जनरल इन्स्योरेन्सले सहयोग गर्ने भएको छ । इन्स्योरेन्सले खेलाडीको बीमाका लागि सहयोग गरेको हो । सहयोग…

एन्फा महिला संघको अध्यक्षमा पेमा

 बैशाख १४, २०७९

काठमाडौँ, वैशाख १३ : अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत महिला फुटबल सङ्घको अध्यक्षमा पेमा लामा निर्वाचित हुनुभएको छ । एन्फा मुख्यालय सातदोवाटोमा मङ्गलबार भएको निर्वाचनमा पेमाले अध्यक्षको अर्की प्रत्याशी विमला पौडेललाई ३०…

टेनिसमा राजुको विजयी सुरुवात

 बैशाख १२, २०७९

काठमाडौं, वैशाख ११ : राजु श्रेष्ठले आठौँ सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्समा आइतबार विजयी सुरुवात गर्नुभएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कोर्टमा राजुले अपूर्व थापालाई ६–२, ७–५…

बेटिसलाई स्पेनिस कोपा डेल रे उपाधि

 बैशाख ११, २०७९

काठमाडौँ, वैशाख ११ : स्पेनिस कोपा डेल रे फुटबलको उपाधि रियल बेटिसले जितेको छ । शनिबार राति भएको खेलमा ला लिगा प्रतिद्वन्द्वी भ्यालेन्सियालाई टाइब्रेकरमा ५–४ गोलले हराउँदै बेटिस च्याम्पियन बनेको हो…

पीएसजी फ्रेन्च लिग वान च्याम्पियन

 बैशाख ११, २०७९

काठमाडौँ, वैशाख ११ : फ्रेन्च लिग वान फुटबलको उपाधि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जितेको छ । घरेलु मैदानमा शनिबार राति लेन्सलाई बराबरीमा रोक्दै पीएसजीले चार खेल अगावै उपाधि जितेको हो…

इन्टर मिलान शीर्षस्थानमा

 बैशाख ११, २०७९

काठमाडौँ, वैशाख ११ : इन्टर मिलान इटालियन सिरी ‘ए’ फुटबलको शीर्षस्थानमा उक्लिएको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा इन्टरले एस रोमालाई ३–१ गोलले हरायो । जितसँगै इन्टरले एसी मिलानलाई…

पुलिसलाई महिला गोल्डकप उपाधि

 बैशाख ११, २०७९

काठमाडौँ, वैशाख ११ : प्रथम मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । धनगढी रंगशालामा शनिबार राति भएको फाइनलमा पुलिसले एपिएफ क्लबलाई १–० गोलले हरायो ।…

बायर्न म्युनिख तीन खेल अगावै च्याम्पियन

 बैशाख ११, २०७९

काठमाडौँ, वैशाख ११ : जर्मन बुन्डेसलिगा फुटबलको उपाधि बायर्न म्युनिखले जितेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा बोरुसिया डर्टमन्डलाई ३–१ गोलले हराउँदै बायर्न च्याम्पियन बनेको हो । लगातार १०औँ पटक…

बक्सिङको पुरुष/महिला दुवैमा आर्मी च्याम्पियन

 बैशाख ११, २०७९

काठमाडौँ, वैशाख १० : नेपाल आर्मीले पुरुष/महिला दुवैमा वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको उपाधि शनिबार जितेको छ । पुरुषमा आर्मी पाँच स्वर्ण र दुई रजतसाथ च्याम्पियन बन्यो ।…

रुस र बेलारुसका खेलाडीलाई विम्बल्डनमा प्रतिबन्ध

 बैशाख ११, २०७९

काठमाडौँ, वैशाख १० : घाँसे मैदानमा खेलिने ग्रान्डस्लाम टेनिस प्रतियोगिता विम्बल्डनमा रुस र बेलारुसका खेलाडीले यस वर्ष खेल्न नपाउने भएका छन्  अल इङ्गल्यान्ड क्लबले युक्रेनसँग युद्ध गरेको भन्दै रुस र बेलारुसका…