समाचार
भर्नाका लागि एम्बुलेन्समा पर्खदा पर्खदै कोशी अस्पतालमा एकजनाको मृत्यु
विराटनगर, साउन ९ : विराटनगरस्थित कोशी अस्पतालको आकस्मिक कक्षले तत्काल विरामीलाई भर्ना गराएर उपचार नगर्दा विरामीको एम्बुलेन्समै मृत्यु भएको छ । अस्पतालको आकस्मिक कक्ष बाहिर ल्याएर एक घण्टासम्म विरामीलाई पर्खाउँदा उहाँको…
मोरङको गोठगाउँबाट १२ जना संक्रमित निको भएर डिस्चार्ज
विराटनगर, साउन ९ : पूर्वाञ्चल विश्वविद्यालय कोभिड–१९ आईसोलेशन अस्पताल गोठगाउँबाट शुक्रबार बिहान १२ जना डिस्चार्ज भएका छन् । उनीहरुको पछिल्लो दोस्रो स्वाब परीक्षण नेगेटिभ देखिएपछि चिकित्सकको सिफारिस अनुसार डिस्चार्ज गरिएको हो…
चारकिलोमा पुनः पहिरो, नारायणगढ–मुग्लिन सडक अवरुद्ध
चितवन, साउन ९ : नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–६ चारकिलोमा आज बिहान पुनः पहिरो खसेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गएराति खसेको पहिरो पन्छाएर एकतर्फी सवारी सञ्चालन भएको…
उद्योगका कारण बीपी राजमार्ग जोखिममा
काभ्रे, साउन ९ : क्रसरका कारण बीपी राजमार्ग असुरक्षित बन्दै गएको छ । धुलिखेल–नेपालथोक–सिन्धुली–बर्दिबास (बीपी) राजमार्ग जापान सरकारको सहयोगमा निर्माण भएको थियो । पूर्वी जिल्लाका लागि छोटो दूरीमा रहेको बीपी…
मृतक बालकको परिवारलाई दश-दश लाख दिइने
सुरुङ्गा, साउन ९ : भद्रपुर नगरपालिका–२ पृथ्वीनगरस्थित कमलधाप पर्यटन तथा सिमसार क्षेत्रको निर्माणाधीन पोखरीमा डुबेर मृत्यु भएका तीन जना बालकको परिवारलाई दश-दश लाख प्रदान गरिने भएको छ । निर्माण कम्पनीले…
उपत्यकाको एकीकृत विकास गृहकार्य सुरु
काठमाडौँ, साउन ९ : काठमाडौँ उपत्यका भित्रका १८ वटै नगरको एकीकृत विकास गर्न सहरी पूर्वाधार निर्माण गर्ने गरी आन्तरिक गृहकार्य सुरु भएको छ । उपत्यकाभित्रका नगरको साधनस्रोत र जनशक्ति एकीकृत रूपमा…
युवतीमाथि एसिड प्रहार गरेको आशंकामा दुई युवा पक्राउ
काठमाडौं, साउन ९ : वाफलमा एक युवती माथि एसिड प्रहार गरेको आशंकामा प्रहरी दुई जनालाई घटना भएको केही घण्टामा नै पक्राउ गरेको छ । सो घटना हुने वित्तिकै महानगरीय प्रहरी परिसर…
हजारको नोटमा नेपाली हात्तीको तस्विर
काठमाडौँ, साउन ९ : एक हजार रुपियाँको नोटमा अब नेपालकै जुम्ल्याहा हात्तीको तस्बिर देख्न पाइने भएको छ । हालसम्म एक हजारको नोटमा देश बाहिरको हात्तीको तस्बिर रहँदै आएकोमा राम–लक्ष्मण नामका स्वदेशी…
उद्धार तथा राहतमा जनशक्ति परिचालन
काठमाडौँ, साउन ९ : बाढी पहिरो तथा डुबान प्रभावितको खोज, उद्धार तथा राहत वितरण कार्य गर्न नेपाली सेनाले चारवटा हेलिकोप्टरसहित पाँच हजार पाँच सय जनशक्ति परिचालन गरेको छ । अविरल…
चन्द्रागिरिमा ‘एक घर, एक धारा’
काठमाडौँ, साउन ९ : चन्द्रागिरि नगरपालिकाले सबै वडामा ज्येष्ठ नागरिक र अपाङ्गमैत्री उद्यान निर्माण गर्ने भएको छ । आर्थिक वर्ष २०७७÷०७८ मा ज्येष्ठ नागरिक विश्रामस्थललाई निरन्तरता दिने नगरपालिकाले जनाएको छ…
लोकप्रिय
मन्त्रिपरिषद् बैठकका १५ निर्णय (सूचीसहित)
माघ ०९, २०८१
महाराष्ट्रमा रेल दुर्घटना, १२ जनाको ज्यान गयो
माघ ०९, २०८१