समाचार

एक लाख थान आरटीडी किट आइपुग्यो

 बैशाख २९, २०७७

काठमाडौं, वैशाख २९ : कोरोना भाइरसको परीक्षणका लागि अत्यावश्यक मानिएको एक लाख थान आरटीडी किट आज काठमाडौँ आइपुगेको छ । निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी हिमालयन एयरलाइन्सले आज त्रिभुवन…

नर्भिक हस्पिटलसँग लिखित जवाफ माग

 बैशाख २९, २०७७

काठमाडौं, वैशाख २९ : स्थानीय थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटललाई तीन दिनभित्र आवश्यक कागजातसहित लिखित जवाफ दिन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले निर्देशन दिएको छ । स्वास्थ्यकर्मीसहित नियमित बजार अनुगमनका…

भारतसँग वार्ता गर्न माग गर्दै संसदमा संकल्प प्रस्ताव दर्ता

 बैशाख २९, २०७७

काठमाडौं, वैशाख २९ : नेपाल-भारत सीमा विवादको समाधान खोज्न सरकारले तत्काल कुटनीतिक र राजनीतिक पहल अघि बढाउन माग राख्दै कांग्रेसका चार सांसदले सोमबार संसदमा संकल्प प्रस्ताव दर्ता गराएका छन् ।…

खोप अभियान नरोक्न सर्वोच्च अदालतको आदेश

 बैशाख २९, २०७७

काठमाडौं,वैशाख २९ : सर्वोच्च अदालतले खोप अभियान स्थगित नगर्न सरकारलाई आदेश दिएको छ । न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले राष्ट्रिय दादुरा खोप अभियान तत्काल सञ्चालन गर्न पनि आदेश दिएको छ । कोरोना…

नेपालगञ्जमा कन्ट्याक्ट ट्रेसिङ सकियो, ९७१ जनाको स्वाब सङ्कलन

 बैशाख २९, २०७७

बाँके, वैशाख २९ : नेपालगञ्जमा कोरोना सङ्क्रमितहरूको कन्ट्याक्ट ट्रेसिङ्गको काम सकिएपछि समुदायस्तरमा पनि परीक्षण सुरु गरिएकाे छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशमान श्रेष्ठले सङ्क्रमित व्यक्तिहरूकाे कन्ट्याक्ट ट्रेसिङ्गकाे काम…

चीनद्वारा नेपाललाई ४० हजार पिसीआर किटसहित स्वास्थ्य सामग्री हस्तान्तरण

 बैशाख २९, २०७७

काठमाडौँ, वैशाख २९ : नेपाललाई चीन सरकारले कोभिड– १९ को रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री प्रदान गरेको छ ।        स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललाई आज यहाँ आयोजित कार्यक्रममा नेपालका लागि…

हाइटेन्सन नजिक दाउरा झार्न खोज्दा करेन्ट लागेर मृत्यु

 बैशाख २९, २०७७

सर्लाही, वैशाख २९ : सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुरमा विद्युतीय करेन्ट लागेर सोमबार एक जनाको मृत्यु भएको छ । स्थानीय ४० वर्षीय कृष्णबहादुर गोलेको करेन्ट लागेर मृत्यु भएको हो । गोले सोमबार…

उच्च जोखिमपछि कपिलवस्तु जिल्ला जेठ ५ सम्म सिल

 बैशाख २९, २०७७

बुटवल, वैशाख २९ : दिनदिनै कोरोना सङ्क्रमितहरू बढ्दै जान थालेपछि कपिलवस्तु जिल्लालाई सिल गर्ने निर्णय भएको छ । जिल्लाको सुरक्षा समितिको बैठकले कपिलवस्तुलाई सिल गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी…

स्वाब परीक्षण बढाइयो, २४ घण्टामा २८ सयको जाँच

 बैशाख २९, २०७७

काठमाडौँ, वैशाख २९ : कोरोनाको आशङ्कामा पछिल्लो २४ घण्टामा २ हजार ७ सय ९९ जनाको नमूना परीक्षण गरिएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गर्ने नियमित पत्रकार सम्मेलनमा नेपालमा…

कपिलवस्तु, रुपन्देही र बर्दियामा थप १३ जनामा कोरोना पुष्टि, कुल १३४ संक्रमित, एकै दिन थपिए २४ संक्रमित

 बैशाख २९, २०७७

काठमाडौं, वैशाख २९ : पछिल्लो कोरोना परीक्षण रिपोर्टअनुसार कपिलवस्तु र रुपन्देहीमा थप १३ जनामा कोरोना पुष्टि भएको छ । योसँगै कोरोना सङ्क्रमित सङ्ख्या १३४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।…