खेलकुद

स्पेनको विश्वकप छनौटमा पहिलो जित

 चैत १६, २०७७

काठमाडौं, चैत १६ : स्पेनले विश्वकप फुटबल २०२२ को छनाेटमा पहिलो जित हात पारेको छ । अतिरिक्त समयमा स्पेनका लागि स्ट्राइकर डेनी ओल्मोले गोल गर्दै जित सुनिश्चित गर्नुभयो । पछिल्लो २८…

त्रिभुवन आर्मी र किर्गिस्तानबीचको मैत्रीपूर्ण खेल गोलरहित बराबरी

 चैत १५, २०७७

काठमाडौँ, चैत १५ : त्रिभुवन आर्मी फुटबल क्लब र किर्गिस्तानको यु–२३ टोलीबीचको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा केही बेरअघि सम्पन्न खेलमा नेपाल र किर्गिस्तानको यु–२३…

नेपालका हिमचितुवा घिमिरेले चुमे ‘के वान फेस्टिबल २०२१’ को उपाधि

 चैत १५, २०७७

काठमाडौँ, चैत १५ : युवापुस्ताका चर्चित अन्तर्राष्ट्रिय बक्सर खेलाडी अविरल घिमिरेले ‘के वान फेस्टिबल २०२१’ को उपाधि चुम्नुभएको छ । जापानको टोकियो शहरमा आज सम्पन्न सो महोत्सवमा उहाँले जापानी बक्सर…

आर्मी क्लब र किर्गिस्तान टीमबीचको आजको फुटबल खेल निःशुल्क हेर्न पाइने

 चैत १५, २०७७

काठमाडौँ, चैत १५ : त्रिभुवन आर्मी क्लब र किर्गिस्तानबीच आज दशरथ रङ्गशालामा मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । एएफसी कप २०२१ प्ले अफको तयारीमा जुटेको नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र…

पोखरा म्याराथन : दौडको उपाधि तीर्थ र फूलमतिलाई

 चैत १४, २०७७

कास्की, चैत १४ : पोखरा अन्तरराष्ट्रिय म्याराथनअन्तर्गत आज पोखरामा सम्पन्न पुरुष तथा महिला १० किमी दौडको उपाधि पुरुषतर्फ तीर्थ पुन र महिलातर्फ सशस्त्र प्रहरी बल एपिएफका फूलमती रानाले जित्न सफल…

बजाज खडक वारियर्सले जित्यो सप्तरी प्रिमियर लिग

 चैत १४, २०७७

काठमाडौं, चैत १४ : विवेक यादव कप्तानीको बजाज खडक वारियर्सले तेश्रो संस्करणको राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको उपाधि जितेको छ । सप्तरीको राज रंगशालामा अत्यन्तै रोमाञ्चक स्पर्धामा वारियर्सले कुशल भुर्तेल…

बङ्गलादेशलाई बराबरीमा रोक्दै नेपाल फाइनलमा पुग्यो

 चैत १४, २०७७

काठमाडौं, चैत १४ : नेपाल त्रिदेशीय कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले बङ्गलादेशलाई गोलरहित बराबरीमा रोकेपछि किर्गिस्तान प्रतियोगिताबाट बाहिरिएको छ । नेपालले फाइनलमा बङ्गलादेशकै सामना…

बङ्गलादेश विरुद्ध नेपालको सुरुवाती एघार

 चैत १४, २०७७

काठमाडौं, चैत १४ : त्रिदेशीय फुटबल प्रतियोगिता अन्तगर्तको आफ्नो दोस्रो खेलमा नेपालले किर्गिस्तान विरुद्धको खेलमा उतारेको टोलीलाई नै निरन्तरता दिने भएको छ । किर्गिस्तान बिरुद्ध बिहीबार सम्पन्न खेलमा नेपाल बराबरीमा रोकेको…

नेपाल र मलेसिया सम्मिलित टी ट्वान्टी खेल्न नेदरल्याण्ड्स टोलीको घोषणा

 चैत १४, २०७७

काठमाडौं, चैत १४ : नेदरल्याण्ड्स क्रिकेट ब्यवस्थापनले नेपालमा आगामी बैशाखमा हुने त्रिदेशीय श्रृखंलाका लागि क्रिकेट टोलीको घोषणा गरेको छ । घोषित टोलीका अधिकांश सदस्य दोस्रो प्राथमिकताका छन् । नेदरल्याण्ड्स क्रिकेट टोलीका…

सचिन तेन्दुलकरमा कोरोना सङ्क्रमण

 चैत १४, २०७७

काठमाडौं, चैत १४ : भारतीय क्रिकेट टोलीका पूर्ब कप्तान एवम् क्रिकेटका महान हस्ती सचिन तेन्दुलकर कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको छ । उहाँले शनिबार आफ्नो सामाजिक सञ्जालमा आफू सङ्क्रमित हुन पुगेको पुष्टि गर्नुभएको…