बिजनेश

‘राजनीतिक घटनाक्रमले आर्थिक सुधारमा प्रभाव पर्दैन’

 माघ ०८, २०७७

काठमाडौं, माघ ८ : अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालमा पछिल्ला दिनमा विकसित राजनीतिक घटनाक्रमले आर्थिक सुधारकोे निरन्तरतामा नकारात्मक प्रभाव नपार्ने बताउनुभएको छ । प्रस्तावित ‘एक्सटेन्डेट क्रेडिट फ्यासिलिटि’ कार्यक्रमबारे अन्तरराष्ट्रिय मुद्रा कोषका…

नेप्सेमा उछाल, बजार पूँजीकरण ३२ खर्ब

 माघ ०८, २०७७

काठमाडौँ, माघ ८ : धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक आज नयाँ उचाइमा पुगेको छ । लगातार उकालो लाग्दै आएको बजार दोहोरो अंकले उकालो लागेर नयाँ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका…

६ महिनामा साढे छ खर्बको आयात

 माघ ०८, २०७७

काठमाडौँ, माघ ८ : चालू आर्थिक वर्ष २०७७-७८ को पहिलो छ महिनामा विदेशी वस्तुको आयातमा कमी आउँदा निर्यातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको छ महिनाको (साउनदेखि पुस मसान्तसम्म) तथ्याङ्क…

पहिलो ६ महिनामा विदेशी वस्तुको आयातमा कमी, निर्यातमा वृद्धि

 माघ ०८, २०७७

काठमाडौँ, माघ ८ : चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो ६ महिनामा विदेशी वस्तुको आयातमा कमी आउँदा निर्यातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको छ महिनाको (साउनदेखि पुस मसान्तसम्म)…

इजरायलमा केयर गिभरमा लैजाने बाटो खुला

 माघ ०८, २०७७

काठमाडौँ, माघ ८  : नेपाल र इजरायलबीच गत असोजमा भएको ‘इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौता’ कार्यान्वयन गर्न दुई देशका अधिकारीबीच ‘इम्प्लिमेन्टेसन प्रोटोकल’ हस्ताक्षर भएको छ । श्रम,…

महासंघको निर्यात प्रवद्र्धन समिति विस्तार

 माघ ०८, २०७७

काठमाडौं, माघ ८ : नेपाल उद्योग वाणिज्य महासंघले निर्यात समिति विस्तार गरेको छ । कार्यकारिणी समितिका सदस्य मनिषलाल प्रधानको सभापतित्वमा गठित निर्यात प्रवद्र्धन समिति आज विस्तार गरिएको हो । समितिको…

सुन तोलामा ६ सयले बढ्यो

 माघ ०८, २०७७

काठमाडौं, माघ ८ : स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा आज पनि वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले आजका लागि तोकेको मूल्यअनुसार छापावाल सुन तोलामा नै रु ६००…

नेपालगञ्ज भन्सार कार्यालयद्वारा लक्ष्यभन्दा बढी राजस्व असुली

 माघ ०८, २०७७

कोहलपुर, माघ ८ : बाँकेको नेपालगञ्ज भन्सार कार्यालयले छ महिनामा लक्ष्यभन्दा रु दुई अर्ब ३२ करोड बढी राजस्व असुली गरेको कार्यालय प्रमुख जयबहादुर भण्डारीले बताउनुभएको छ । भन्सार कार्यालयको चालु…

तनहुँ जलविद्युत् आयोजना : प्याकेज २ मा एक अर्ब खर्च

 माघ ०७, २०७७

दमौली, माघ ७ : तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्याकेज २ अन्तर्गत करिब रु एक अर्ब खर्च भएको छ । सो प्याकेजअन्तर्गत सिनो हाइड्रो…

स्याउ बगैँचा व्यवस्थापन गर्न लागे किसान

 माघ ०७, २०७७

खलङ्गा, माघ ७ : जुम्लाका किसान यो याममा स्याउका बगैंचा काँटछाँट तथा स्याउका बगैँचा व्यवस्थापन गर्न लागिपरेका छन् । यहाँको तातोपानी गाँउपालिका–६ का स्याउ किसान पुथ्वीबहादुर भण्डारी यो याममा स्याउ बगैँचा…