सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले प्रदेशका नवनियुक्त मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई आज साँझ पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । धनगढीस्थित प्रदेशप्रमुखको कार्यालयमा मुख्यमन्त्रीलाई नेपालको संविधानको धारा, १७२ बमोजिम पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।
कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त हुनुभएको नौ दिन बित्दासमेत यामलाल कँडेलले मन्त्रिपरिषद् विस्तार गर्न सक्नुभएको छैन । केन्द्रमा सत्ता गठबन्धन बदलिएसँगै गत चैत २७ गते नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) को समर्थनमा नेकपा एमालेका प्रदेशसभा सदस्य कँडेल मुख्यमन्त्री बन्नुभएको थियो ।
बुधबार ११ बजे अन्तर्राष्ट्रिय उडानतर्फको आगमन भई भारतको दिल्लीबाट आई वे नं ५ मा रोकिएको फ्लाइट 6E1151को इन्डिगो एयरको सिट नं २७ र २८ को तलपट्टि बेवारिसे अवस्थामा उक्त सुन फेला परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरि शर्माले जानकारी दिनुभयो ।
काठमाडौं, २ वैशाख : प्रतिनिधि सभाको चालु अधिवेशन (तेस्रो अधिवेशन) आइतबार राति १२ बजेबाट अन्त्य हुने भएको छ । सभामुख देवराज घिमिरेले आइतबार बसेको प्रतिनिधि सभा बैठकले…
काठमाडौँ, २९ चैत : पर्यटकीय याम सुरु भएसँगै हेलिकप्टरको व्यापार बढेको छ । पर्यटकीय गतिविधि बढेसँगै हेलिकप्टरको माग पनि बढेको छ । विशेष गरी हिमाली क्षेत्रमा…
काठमाडौं, २७ चैत : राष्ट्रियसभाको उपाध्यक्ष पदका लागि बुधबार निर्वाचन हुँदैछ । बुधबार दिउँसो १ बजे बस्ने राष्ट्रियसभा बैठकमा उपाध्यक्ष पदका लागि निर्वाचन हुने छ ।…
बैशाख ०४, २०८१
१७ घण्टा अगाडि
बैशाख ०३, २०८१
बैशाख ०१, २०८१